२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिल्ली–सिड्नी उडानमा रहेको एयर इण्डियाको जहाज हल्लिंदा आधा दर्जन यात्रु घाइते

२०८०, ३ जेष्ठ बुधबार ११:५७

जेठ ३, काठमाडौँ | मंगलबार भारतको राजधानी नयाँ दिल्लीबाट अष्ट्रेलियाको सिड्नी उडेको एयर इण्डियाको जहाजमा आएको ‘गम्भीर टर्बुलेन्स’का कारण आधा दर्जन यात्रु घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आकाशमा उडिरहेको समयमा हावामा आएको बदलावका कारण जहाज गम्भीर रुपमा हल्लिएको थियो । सो क्रममा यात्रुहरु घाइते भएको समाचारमा उल्लेख छ ।

भारतीय नागरिक उड्डयन महानिर्देशनालयले बुधबार यो घटनाबारे जानकारी गराएको हो । घाइते यात्रुको सिड्नी पुगेसँगै उपचार गराइएको थियो । बी७८७–८०० जहाजको उडान नम्बर एआई–३०२ उडानको जहाजमा यस्तो समस्या आएको हो ।

‘क्याबिन क्रु’ले घाइते भएका यात्रुको प्राथमिक उपचार गरेका थिए । तर, कुनै पनि यात्रुलाई अस्पताल भने भर्ना गराउनु नपरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस