Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 27, 2023 समाज

पाँचथरमा पत्रकारहरुका लागी आँखा शिविर

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल घिमिरे। जेठ १३ ।पाँचथर , नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर प्रेस युनियन पाँचथर शाखाले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चस्मा वितरण शिविर शनिबार सम्पन्न गरेको छ ।

दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्नेक्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्षित गर्दै प्रेस युनियनको स्थापना दिवसको अवररमा शनिबार निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरिएको हो ।

प्रेस युनियन पाँचथरले पाँचथर चस्मा घर तथा पाँचथर आँखा क्लिनिक केन्द्रसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो । शिबिरमा ४८ जनाले आँखा जाँच गराएका छन् । त्यसमध्ये १० पत्रकारलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार चस्मा वितरण गरिएको युनियनले जनाएको छ ।

‘हामी पत्रकारहरु चौबिसै घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेख्न व्यस्त रहन्छौँ जसका कारण आँखामा विभिन्न समस्या निम्तिरहेको छ,’ प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेलले आँखा शिविर गर्नको उद्देशय प्रष्ट पार्दै भने ‘हाम्रो आँखाको स्थिति वारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम आयोजना गरेका हौँ ।’

शनिबारको शिविरमा जाँच गर्न आएका अधिकांश पत्रकारहरुमा आँखा सुख्खा हुने र एलर्जीको समस्या देखिको डा. पंकज चौधरीले बताए । ‘कम्युटरमा धेरै समय काम गर्ने भएकाले पनि होला उहाँहरूमा आँखामा हुने सुख्खापन धेरै नै छ’, उनले भने ।

शिविरमा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे, फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले साथै सहभागी अन्य अतिथिले पनि आँखा जँचाएका थिए । आँखा शिविरमा पत्रकारहरुको उल्लेख्य सहभागिता थियो