Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 16, 2023 समाज

आज (असार) १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १, काठमाडौँ | संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले आज (असार )१ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ।

सडक पनि थप बिग्रिदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ, सूचनामा भनिएको छ।