Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 18, 2023 समाज

प्याजको मूल्य बढाएमा कारबाही गर्ने वाणिज्य आपूर्ति विभागले दियो चेतावनी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३, काठमाडौँ | वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिने व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा बजारमा अस्वाभाविक रुपले मूल्य बढाएको भन्दै विभागले यस्तो चेतावनी दिएको हो ।

विभागले विज्ञप्ति जारी गर्दै भने  'आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा वस्तुको स्वभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ,'’

बजारमा प्याजको अध्यधिक मूल्य वृद्धि भएको बारे विभागमा उपभोक्ताको गुनासो आएको समेत विभागले जनाएको छ।

विभागकाअनुसार बजारमा प्याजको अस्वाभाविक उतार-चढाव महसुस हुनासाथ विभागले बजारको आपूर्ति प्रणालीको अध्ययन तथा अनुगमन गरिरहेको छ।