Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 25, 2023 समाज

काठमाडौंको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १०, काठमाडौँ | काठमाडौंमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको हो।

सोही नगरपालिका-६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पौडी खेल्ने क्रममा डुबेर अचेत फेला परेका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

साथै पौडी खेल्ने क्रममा अर्का एक जना युवक पनि डुबेका थिए। १९ वर्षीय सुरेन्द्र दाहालको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।