असार १७, काठमाडौं | श्री एयरलाइन्सले सबै उडान आज स्थगित गरेको छ ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान स्थगित गरिएको जानकारी दिए ।
उनका अनुसार सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको जनाएका छन् ।
शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।
आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।