Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 3, 2023 समाज

गैरदलित किशोरी भगाएको निहुँमा दलित युवकको घरमा आगजनी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १८, सुर्खेत। जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका एक जना दलित समुदायका युवाले गैर दलित समुदायकी किशोरी भगाएपछि घरमा आगजनी गरिएको छ।

किशोरी पक्षले घरमा आगो लगाएको प्रारम्भिक सोधपुछका क्रममा खुलेको छ ।

गिडीखोलाका लोकेन्द्र नेपालीले असार ११ गते गाउँकै गिरी थरकी किशोरीलाई भगाएका थिए। त्यसको चार दिनपछि शनिवार राति उनको घरमा आगलागी भएको हो।

आगजनी गरेको आरोपमा २१ वर्षीय हिक्मत गिरी आइतबार पक्राउ परेका छन्। उनी किशोरीका दाइ हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ परेका गिरीलाई आज म्याद थप गरिनेछ। उनी विरुद्ध आइतबार नै लोकेन्द्रका दाइ भरतले जाहेरी दिएका थिए।

भरतका अनुसार २१ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। केही महिनादेखि गाउँमै बसेका उनले गाउँकै १४ वर्षीया गिरी थरकी किशोरी भगाएर लिएका थिए।

‘भाइले भगाएको कुरा मैले माइती पक्षबाटै सुनेको हो, उनीहरू मेरो सम्पर्कमा पनि छैनन्,’ भरतले भने, ‘म जुम्लामा बस्छु, घरमा बस्ने भाइहरू कोही नभएको बेला शनिवार आगो लगाइएछ। उक्त घर चार वर्षअघि मात्र बनाइएको हो ।’

प्रहरीका अनुसार लोकेन्द्र र उनीसँग भागेकी युवतिको खोजी भइरहेको छ।