Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 3, 2023 समाज

पतिको खुकुरी प्रहारबाट पत्नी गम्भीर घाइते

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १८, मोरङ | मोरङको बूढीगंगा गाउँपालिका–३ मा एक जना युवाले आफ्नै श्रीमतीमाथि सोमबार बिहान खुकुरी प्रहार गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ३७ वर्षीय भवेन्द्र डेकाले पत्नी २५ वर्षीया रेखा भगतलाई बूढीगंगा–३ स्थित दुर्गाचन्द्र राइस मिलअगाडि बिहान ६:३५ बजेतिर खुकुरीले हानेका हुन् ।

भारतको आसाम घर भएका भवेन्द्र पत्नीसँगै सुनसरीको दुहवी नगरपालिका–७ भलुवास्थित ससुराली घरमा बस्दै आएका थिए ।

पतिको खुकुरी प्रहारबाट रेखा गम्भीर घाइते भएकी छन् । गम्भीर अवस्थाकी उनलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको डीएसपी दाहालले बताए । उनका अनुसार खुकुरी प्रहारबाट रेखाको दाहिने नाडी र हातका २ वटा औंलामा गहिरो चोट लागेको छ ।

दाहिने नाडी र दुवै औंला छिन्न लागेको अवस्थामा फेला पारेर प्रहरीले उद्धार गरी रेखालाई उपचारका लागि अस्पताल पुर्‍याएको हो । घटनामा संलग्न भवेन्द्रलाई इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले खुकुरीसहित पक्राउ गरेको छ ।

सामान्य पारिवारिक विवादमा उनले पत्नीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । यद्यपि, प्रहरीले पति–पत्नीबीचमा भएको विवादको विस्तृत जानकारी गराइसकेको छैन ।