३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पतिको खुकुरी प्रहारबाट पत्नी गम्भीर घाइते

१८ असार २०८०, सोमबार ०८:३४

असार १८, मोरङ | मोरङको बूढीगंगा गाउँपालिका–३ मा एक जना युवाले आफ्नै श्रीमतीमाथि सोमबार बिहान खुकुरी प्रहार गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ३७ वर्षीय भवेन्द्र डेकाले पत्नी २५ वर्षीया रेखा भगतलाई बूढीगंगा–३ स्थित दुर्गाचन्द्र राइस मिलअगाडि बिहान ६:३५ बजेतिर खुकुरीले हानेका हुन् । 

भारतको आसाम घर भएका भवेन्द्र पत्नीसँगै सुनसरीको दुहवी नगरपालिका–७ भलुवास्थित ससुराली घरमा बस्दै आएका थिए । 

पतिको खुकुरी प्रहारबाट रेखा गम्भीर घाइते भएकी छन् । गम्भीर अवस्थाकी उनलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको डीएसपी दाहालले बताए । उनका अनुसार खुकुरी प्रहारबाट रेखाको दाहिने नाडी र हातका २ वटा औंलामा गहिरो चोट लागेको छ । 

दाहिने नाडी र दुवै औंला छिन्न लागेको अवस्थामा फेला पारेर प्रहरीले उद्धार गरी रेखालाई उपचारका लागि अस्पताल पुर्‍याएको हो । घटनामा संलग्न भवेन्द्रलाई इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले खुकुरीसहित पक्राउ गरेको छ । 

सामान्य पारिवारिक विवादमा उनले पत्नीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । यद्यपि, प्रहरीले पति–पत्नीबीचमा भएको विवादको विस्तृत जानकारी गराइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा