Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 11, 2023 समाज

भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २५, काठमाडौँ |</b> भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परेर ज्यान गएको छ ।<br></p><p>रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उनकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर ज्यान गएको हो | त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीका अनुसार उनीहरु हिजो बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । दिपबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत गएका थिए ।</p><p>श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत गएका केसीले बताए। पहिरो गएका बेला जेठो छोरो काममा गएकाले बाँचेका छन्&nbsp; । ज्यान गुमाएकाको शव नेपाल ल्याउने तयारी भइरहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।</p>