पढ्न करिब 1 मिनेट लाग्छ

असार २६, काठमाडौं | सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको छ । दुर्घटनामा परेकाहरूको शव लिन गएका दुई हेलिकप्टर दुर्घटनास्थलमा पुग्न सकेको छैन।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार स्थानीय र प्रहरी सहयोगमा शवलाई गाडीमा हालेर भकान्जेसम्म ल्याउने तयारी छ।

त्यहाँबाट शवलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो।

मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकप्टर पाइलट सीबी गुरुङले उडाएका थिए । दुर्घटनाको कारण खुलेको छैन ।