Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 12, 2023 समाज

पशुपति क्षेत्र विकास कोषलाई प्रभु बैंकले दियो १७ लाखको गाडी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २७, काठमाडौँ | </b>प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ।<br></p><p>सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तन्तरण गरेका हुन्।</p><p>औपचारिक कार्यक्रमकाबीच गाडीको चाबी हस्तान्तरण गर्दै निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर अगाडी बढ्ने बताए। १७ लाख मूल्यको गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने छ।</p>