Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 14, 2023 समाज

सप्तकोशीमा बससंग ठोक्किदा ट्रक नदीमा खस्यो, ट्रकमा रहेका ३ को उद्धार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २९, काठमाडौँ |</b> सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको&nbsp; छ । आज बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलमा बस र ट्रक एकापसमा ठोक्किदा ट्रक नदीमा खसेको हो |<br></p><p>पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ ।</p><p>ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताए । ट्रकलाई भने नदीले बगाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।</p>