पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन २, सप्तरी | </b>सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । <br></p><p>पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका-१२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी रहेको प्रहरीले बताए |</p><p>पक्राउ परेकाहरूले गत २९ असारको राति ति किशोरीको घर नजिकैको कोहि नबस्ने पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोमबार किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । </p>

