Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 30, 2023 समाज

घरायसी विवादपछि आफ्नै गाईबाख्रा बाँध्ने ग्वालीमा आगो लगाउने युवक प्रकाउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १४, तेह्रथुम | छथर गाउँपालिका ६ सुदापमा आफ्नै ग्वालीमा आगो लगाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति आफ्नै ग्वालीमा आगो लगाएर फरार भएका २८ वर्षीय भानु बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक छिपिन्जो भोटेले जानकारी दिए ।

घरायसी विवादका कारण बस्नेतले ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट ग्वालीमा बाँधेका तीनवटा उन्नत जातका गाई, १० वटा बाख्रा, अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको वडाध्यक्ष महेन्द्र मादेनले बताए ।

शनिबार राति ११ बजे आगो लगाएर फरार भएका बस्नेतलाई आइतबार बिहान प्रहरीले स्थानीय चप्परी चोकबाट नियन्त्रणमा लिएको हो । आगलागीबाट ३० लाख मूल्य बराबरको क्षति भएको परिवारका अन्य सदस्यहरूले दाबी गरेका छन् ।

दुई दिनअघि परिवारका सबैलाई ज्यान मार्ने धम्की दिएर घरबाट बाहिरिएका बस्नेतले शनिबार राति सबै सुतिरहेको अवस्थामा गाईबाख्रा बाँध्ने ग्वालीमा आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आगलागीमा परी घरको आधाभन्दा बढी भाग जलेको घटनास्थल पुगेका जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले जानकारी दिए ।