Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 30, 2023 समाज

सारुकको मोबाइलमा भेटियो सुसाइड नोट, कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १४, काठमाडौँ | झुन्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको छ।

सारुकले सुसाइड नोटमा कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध गरेका छन्।

सारुकले लेखेका छन्- पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।

स्रोतका अनुसार सारुकले आमालाई सम्बोधन गर्दै अर्को जुनीमा पनि उहाँकै कोखबाट जन्मिन पाउँ भनेका छन् । भने सबै साथीहरूलाई पनि सम्झिएका छन् ।

असार २१ गते सारुक आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएका थिए। बुबा आमा पार्टीमा ठमेल गएका बेला उनी घरमा झुन्डिएका थिए। बुबा आमा साँझ घर फर्किँदा ढोका नखुलेपछि फोरेर हेर्दा सारुक झुन्डिएको अवस्थामा फेला परेका थिए।