Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 2, 2023 समाज

साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १७, भोजपुर | भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ ।

भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका–८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए ।

जिल्ला अदालतको मङ्गलबार थुनछेक आदेशअनुसार पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले बताए ।

विसं २०८० असार २२ गते भोजपुर–१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित सातजना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए ।  छजना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर–१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए । प्रधानका बुबा देवीप्रसादको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकामाथि अनुसन्धान थालेको थियो ।