पढ्न करिब 1 मिनेट लाग्छ

साउन २३, काठमाडौँ | मनोहरा नदीमा उर्लिएको बाढीका कारण ललितपुर च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो । एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयलाई बाढीले क्षति पुर्याएको भन्दै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।

गएरातिदेखिको झरीले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् । बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा बहाव बढेको छ । अहिले बिस्तारै वर्षा भने रोकिँदै गएको छ । एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ।अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा डुबान भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। भारी वर्षातका कारण काठमाडौं उपत्यकाका ढुंगेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।