पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन २३, दाङ | </b>रोल्पाको त्रिवेणी गाउँपालिका– ७ ऋचीमा मंगलबार बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ।<br></p><p>मृत्यु हुनेहरूमा तीन पुरुष र एक महिला रहेको र उनीहरूको सनाखत भइनसकेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए। बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस ऋचामा दुर्घटना भएको हो।</p><p>दुर्घटनामा घाइते भएकाहरूमध्ये पाँचजनालाई थप उपचारका लागि घोराही पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बसमा १८ जना सवार भएको बुझिएको छ।</p>

