Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 21, 2023 समाज

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले भने : पारिवारिक मुद्दा हेर्न छुट्टै इजलास बनाउनुपर्छ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ४, काठमाडौँ | </b>प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने बताएका छन् ।&nbsp; सोमबार सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाको सुधार सम्बन्धमा आफ्नो सोच, दृष्टिकोण र अवधारणासहितको १८ बुँदे कार्ययोजना लिखितरुपमा प्रस्तुत गरेका हुन्।<br></p><p>श्रेष्ठले महिलावादी भएका मुद्दाको सुनुवाइका लागि छुट्टै पारिवारिक इजलासको स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।&nbsp; उनले पेश गरेको कार्ययोजनामा भनिएको छ- महिलावादी भएका घरेलु हिंसा मुद्दा,महिला र बालबालिकावादी भइ दर्ता भएका अंश मुद्दा,महिलाविरुद्ध भएका जबर्जस्ती करणीसम्बन्धी मुद्दाहरू सुनुवाइको लागि पारिवारिक अदालत/इजलासको स्थापना गर्न पहल गरिनेछ ।'</p><p>२०६१ सालमा देशभरका अदालतमा १ लाख १० हजार मुद्दा रहेकामा २०८० मा २ लाख ३७ हजार पुगेको भन्दै उनले न्यायाधीश बढे पनि मुद्दाको चाप थेगिनसक्नु रहेको बताएका हुन् ।</p>