२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ह्याम्स हस्पिटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

१३ भाद्र २०८०, बुधबार ११:२८

भदौ १३,  काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।

इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक डाक्टर र एक नर्सले ’स्ट्रङ इमर्जेन्सी ब्याकअप’ सहित सेवा प्रदान गरिने ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए । हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा प्रदान गरिने भन्डारी बताउँछन् ।


विमानस्थलमा इमर्जेन्सी सेवा पछि थप उपचार गर्नुपरे ह्याम्स हस्पिटल सम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भण्डारीले जानकारी दिए । सम्झौताअनुसार विमानस्थलमा ह्याम्स हस्पिटलको एम्बुलेन्स चैबिसै घण्टा उपलब्ध हुनेछ ।

यस सम्झौताअनुसार विमानस्थलमा ह्याम्स हस्पिटलले क्लिनिक सन्चालन गर्न आवश्यक स्थान नागरिक उड्डयन कार्यालयले निःशुल्क उपलब्ध गराउने बताइएको छ । हस्पिटलको तर्फबाट हवाई यात्रु तथा विमानस्थल कर्मचारीका लागि स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य उपचार, आपतकालीन सेवा अन्तर्गत अचानक हृदयघात हुँदाको अवस्थामा एईडी सेवाले यात्रु तथा कर्मचारीलाई थप सहज हुने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता ३ वर्षका लागि गरिएको हो ।

यस्तै जहाज दुर्घटना हुँदाको अवस्थामा उद्धारमा तत्काल उपस्थिति र स्वास्थ्य शिविर लगायतको व्यवस्थाले यात्रु तथा कर्मचारीहरूलाई थप सुविधा प्राप्त हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । सम्झौता पत्रमा ह्याम्स हस्पिटलको तर्फबाट वरिस्ठ निर्देशक सची रेग्मी र विमानस्थलको तर्फबाट कर्पोरेट महाशाखा प्रमुख नारायणी देवी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै