Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 17, 2023 समाज

२९ जना जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा एकजना मात्र पास

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, काठमाडौँ | न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा जम्मा एकजना पास भएका छन् । न्याय सेवा अयाोगले साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि आन्तरिक र खुला प्रतिस्पर्धा गराएको थियो ।

आन्तरिक खुला १५ सहित खुलातर्फ ७,महिला २, आदिवासी जनजाति २,मधेशी २ र दलित १ जनाको कोटामा लिइएको परीक्षामा जिल्ला न्यायाधीशका लागि एकजना मात्र पास भएका हुन् । परीक्षामा सबै समूहमा गरी २११ जना सहभागी थिए ।

आयोगले आइतबार प्रकाशन गरेको सूचनामा अन्तर्वार्ताका लागि एकजना मात्र छनौट भएका छन् । आन्तरिक खुलातर्फका प्रतिस्पर्धी पारसमणि पोखरेलमात्र अन्तर्वार्ताका लागि छनौट भएको आयोगले जनाएको छ ।

उनलाई अन्तर्वार्ताका लागि सोमवार बोलाइएको छ । जिल्ला न्यायाधीशको परीक्षामा यसअघि पनि कोटा बमोजिम पास नहुने समस्या थियो । न्याय सेवाका कर्मचारीबाहेक बाहिरबाट जिल्ला न्यायाधीशमा पास भएको रेकर्डसमेत छैन ।