Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 20, 2023 समाज

रिसोर्टको बाथरुममा झुण्डिएको अवस्थामा युवतीको शब फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ३, थाक्रे | </b>धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्लेमा रहेको क्लिफसाईड रिसोर्टको बाथरुममा झुण्डिएको अवस्थामा युवतीको शब फेला परेको छ ।&nbsp;<br></p><p>दोलखा घर भई हाल गजुरी गाउँपालिकाको नाडेप लघुबित्त सहकारी संस्थामा काम गर्ने २५ वर्षिया सोना सिवाकोटी उक्त रिसोर्टको बाथरुम भित्र रहेको लुगा झुण्ड्याउने डण्डीमा सलको पासो लगाई झुण्डीएको अबस्थामा निजको साथी बेनिघाट रोराङ ३ बस्ने बर्ष २५ का भुवन श्रेष्ठले देखी प्रहरीलाई खबर गरेका थिए ।</p><p>मँगलबार अपरान्ह ४:३० बजेको उक्त घटनाबारे अस्थायी प्रहरी पोष्ट सिम्ले र ईलाका प्रहरी कार्यालय गजुरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।</p>