Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 29, 2023 समाज

गौ हत्या र हिन्दूमाथि आक्रमणको विरोधमा जनकपुरधाममा प्रदर्शन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, जनकपुरधाम । गौ हत्या र हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दूवादी र साधु सन्तहरु जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

जानकी मन्दिर, मिल्स एरिया, मुरली चोक लगायतका स्थानबाट हिन्दूवादी र साधु सन्तहरु शान्तिपूर्ण जुलुस निकालेका हुन् । जुलुसमा गाई (गौ माता)लाई समेत सहभागी गराइएको छ ।

साधुसन्त बाजागाजासहित भजन कीर्तन गर्दै जुलुसमा सहभागी छन् । विशाल जुलुसलाई जनकपुरधामबासी ठाउँ–ठाउँमा स्वागत गरेका छन् ।

हिन्दू राष्ट्र कायम गर, गौ हत्या गर्ने र हिन्दुमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर, गौ माताको संरक्षण गर लगायतका नारा लगाएका छन् ।

हिन्दूमाथि आक्रमण र गौ हत्या गर्नेहरुमाथि कानूनी कारबाही नगरिए अब सिंहदरबार घेर्ने चेतावनी साधुसन्तहरुले दिएका छन् ।