पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २५, काठमाडौँ |</b> गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेका हुन् ।<br></p><p>जसमा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी, सर्लाहीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलाम, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको सीडीओकाे जिम्मेवारी दिइएको छ ।</p><p>यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालय तानिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव टुवराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।</p>

