पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २७, ढोरपाटन | </b>बागलुङमा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।<br></p><p>गलकोट नगरपालिका-४ नुवाकोटस्थित रामबहादुर मल्लको गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।</p><p>शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | </p>

