Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 19, 2023 समाज

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कार्तिक २, बाजुरा | </b>सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।<br></p><p>गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।</p><p>भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो । लगातार भूकम्प जान थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।&nbsp;</p>