Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 10, 2023 समाज

मुगु सामूहिक हत्याकाण्ड: पहिले पनि पनि हत्या प्रयासमा संलग्न थिए आरोपित गोपाल

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २४, काठमाडौँ | मुगु सामूहिक हत्या प्रकरणमा जोडिएका आरोपित गोपाल बोहोरा यसअघि पनि हत्या प्रयासमा संलग्न व्यक्ति रहेको खुलासा भएको छ । मुगु सामूहिक हत्या प्रकरणको अनुसनधानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार गोपाल यसअघि पनि व्यक्ति हत्याको प्रयासमा पक्राउ परेका व्यक्ति हुन् ।

गत कात्तिक ८ गते मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या भएको थियो । हत्यामा संलग्न दुई व्यक्तिलाई कात्तिक २० र २१ गते पक्राउ गरिएको थियो ।

पक्राउ गरिएका गोपाल बोहोरा नाम गरेका आरोपित यसअघि पनि व्यक्तिको हत्या प्रयासमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार गोपालले यसअघि पनि एक व्यक्तिलाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका थिए । तर पछि स्थानीय बासिन्दा, स्थानीय प्रहरी र पीडक र पीडित पक्षबीच छलफल भई पीडितको उपचार र क्षतिपूर्ति तिरी मिलापत्र गरिएको पाइएको छ ।

पहिले के कसरी मिलापत्र भएको थियो, त्यस विषयमा जानकारी नभएपनि पहिलेको घटनाबारे पनि जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

श्रीदेवी बोहोरा लगायत उनका तीन छोराछोरीको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पक्राउ परेका गोपाल बोहोराले पनि लुटपाटका उद्देश्यबाट नै श्रीदेवीको हत्या गरिएको र हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर लगेको बयान दिएका छन् ।

हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पिना गाउँपालिका –७, मुगु घर भएका काले भन्ने गोर्खराज शाही ठकुरी र गोपाल बोहोरालाई पक्राउ गरेको छ । उनीहरुलाई केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।