Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 16, 2023 समाज

तास र लङ्गुरबुर्जा खेल्ने १३३ समातिए, २१ लाख बरामद

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ३०, काठमाडौं । प्रहरीले गत २० दिनको अवधिमा तास र लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ ।

कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको कार्यालका एसएसपी दिनेश मैनालीले जानकारी दिए । ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको छ । काठमाडौंको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेका एसएसपी न्यौपानेले जानकारी दिए ।

यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ र ३४४ प्याकेट पटाका बरामद गरेको छ ।