१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतबाट ल्याइएको मुर्रा यी तीन ठाउँमा राखिने

७ मंसिर २०८०, बिहीबार ०८:५२

मङ्सिर ७, काठमाडौँ | नस्ल सुधारका लागि भारतबाट नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा आजलाई पोखरा र लहान पठाउने तयारी भएको छ । मुर्रा राँगा कृत्रिम गर्भाधानका लागि पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालजन्ग र लहान ) पठाउने तयारी भएको हो । 


नस्ल सुधारका लागि ल्याइएको उन्नत जातको राँगा नेपालगन्जस्थित पशु होल्डिङ सेन्टरमा राखिएको छ । स्वास्थ्य परीक्षण प्रक्रिया पूरा गरेर ती तीन प्रजनन केन्द्र आजै सारिने छ । 

पोखरा केन्द्रमा सात वटा राँगा र लहानमा पाँच वटा राँगा पठाइने छ । नेपालगन्जमा प्रजनन केन्द्रमा तीन वटा राँगा राखिने नेपालगन्जस्थित पशु क्वारेनटाइन कार्यालयका प्रमुख डा. विनय कुमार कर्णले बताए । 

उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याइएको हो । पोखरा, नेपालगन्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य सङ्कलन र संरक्षण गरिने छ । मुर्रा जातको नस्ल सुधारका लागि ल्याएको राँगाको वीर्यबाट वार्षिक रूपमा ४० हजार पाडापाडी उत्पादन हुने छ । उनका अनुसार वार्षिक रूपमा एक राँगाबाट २० देखि २५ हजार वीर्य सङ्कलन गरिने छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार