Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 24, 2023 समाज

स्रोत नखुलेको ८ लाखभन्दा बढी रुपैयाँसहित २ जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ८, जनकपुरधाम |</b> महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।<br></p><p>भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन् ।</p><p>सशस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथमा फेला परेको उक्त रुपैयाँको स्रोत नखुलेपछि पक्राउ गरिएको हो । दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।</p>