१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केपी ओली कप क्रिकेट : सशस्त्र प्रहरी बलमाथि गण्डकी प्रदेशको रोमाञ्चक जित

८ मंसिर २०८०, शुक्रबार १०:४०

मङ्सिर ८, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको दोस्रो खेलमा गण्डकी प्रदेशको टोलीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि चार विकेटको रोमाञ्चक जित हासिल गरेको छ । दुबै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् । 

समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले १८.४ ओभरमा अलआउट हुनुअघि एक सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले १९.४ ओभरमा ६ विकेट गुमाएर एक सय चार रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । 

गण्डकी प्रदेशका लागि मुस्कान थापा २५ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान मुस्कानले २३ बलको सामना गरी चार चौका हिर्काएका थिए । चौथो नम्बरका ब्याट्सम्यान दिनेश बुढामगरले पनि टोलीका लागि २४ रनको योगदान गरे । 


दिनेशले ३३ बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरे । गण्डकीले टोलीको कुल स्कोर २६ रन हुँदा आफ्ना ओपनर किरण पौडेललाई गुमाएको थियो । उनी १५ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै पेभेलियन फर्किएका थिए । अर्का ओपनर गौरव वीक पनि ११ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै आउट भएका थिए । दोस्रो विकेट गुमाउँदा गण्डकीले ४.२ ओभरमा २६ रन बनाएको थियो । त्यसपछि मुस्कान र दिनेशले टोलीका लागि जितको आधार तयार पारेका थिए । 

गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्रीले पनि आठ रन जोडे । अविषेक थापाले अविजित ११ रनको योगदान गरे । उनले १५ बलमा एक छक्का पनि प्रहार गरे । अमृत गुरुङले एक बलमा अवजित ६ रन बनाए । उनले छक्का प्रहार गर्दै टोलीलाई विजयलक्ष्य पार गराएका थिए । 

गण्डकी प्रदेशको टोलीले अतिरिक्त रुपमा १२ रन पाएको थियो । एपीएफ क्लबका बलर अविनाष बोहराले दुई विकेट लिए । उनले चार ओभरमा केवल १२ रन खर्चिएका थिए । इर्साद अहमद, अमर रौतेला र अरुण ऐरीले पनि एक—एक विकेट हात पारे । 

त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफ क्लबका लागि ओपनर ब्याट्सम्यान प्रदिप ऐरीले सर्वाधिक २० रन बनाएका थिए । टोलीका कप्तानसमेत रहेका प्रदिपले २३ बमा एक छक्का र दुई चौका पनि प्रहार गरेका थिए । 

अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । उनले ११ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए । लोकेश बम १३ बलमा १२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । भुवन कार्कीले टोलीको खातामा १४ रन थपे ।  छैटौँ नम्बरका ब्याट्सम्यान सुमित महर्जनले पनि १७ बलमा एक चौकाको मद्दतले १४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो संख्यामा रन बनाउन सकेनन् । एपीएफले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । 

पोखरा रंगशालामा खेलिएको उक्त खेलमा गण्डकी प्रदेशका बलरहरु विपिन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले दुई—दुई विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले पनि एक—एक विकेट हात पारे । 

प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेल समूह ‘ए’ मा रहेका कणरली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमीको रातो टोलीबिच हुनेछ । उक्त समूहबाट बागमती प्रदेश लगातार दुई जित हात पार्दै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । शनिबारको दोस्रो खेल समूह ‘बी’ मा रहेका एपीएफ क्लब र लुम्बिनी प्रदेशको टोलीबिच खेलिने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार