पढ्न करिब 1 मिनेट लाग्छ

पुस १८, काठमाडौँ | रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए ।

यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम– ५ इलामका गङ्गाराज मोक्तान र कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।