पढ्न करिब 1 मिनेट लाग्छ

पुस १८, काठमाडौँ | सत्ता गठबन्धनमा राष्ट्रियसभाको सीट भागबन्डा पेचिलो बनेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले ६ सीट मागेपछि गठबन्धनले टीआरसी विधेयक पारित गर्नुपर्ने शर्त अघि सारेका छन् । बालुवाटारमा आज बिहान बसेको गठबन्धनका प्रमुख दलको बैठकले भागबन्डाको विषय टुंग्याउन सकेनन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सीट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताए । उनले भने, ‘थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहान बस्ने गरी उठेका छौँ ।’

उनले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए ।

लेखकले भने, ‘एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरूका बीचमा राष्ट्रियसभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ । एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।’

उनले गठबन्धनको बैठक आज साँझ वा शुक्रबार बिहान पुनः बस्ने बताए ।