Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 4, 2024 समाज

साउदीमा ठगी गर्ने गिरोह सक्रिय, सचेत रहन दूतावासको आग्रह

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १८, काठमाडौँ | साउदी अरबमा ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।  त्यस्ता गिरोहको फन्दामा नेपाली श्रमिकहरू समेत पर्न थालेका छन् । साउदी अरेबियाको आन्तरिक मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो । त्यस्ता गिरोहबाट सचेत रहन साउदीस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

ठगी गर्ने गिरोहले फोन गर्ने र फोन मार्फत नै तपाईँको वासस्थानमा जनगणनाको सिलसिलामा आएकोमा भेट हुन नसकेको र वासस्थानको बाहिर अरेबिकमा सूचना राखिएकोमा तपाईँले त्यसको जवाफ नपठाएकाले साउदी कानुन अनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुपर्छ भनी कुरा गर्ने गरेको छ ।

त्यही आधारमा अकामा नम्बर माग्ने, एमएमएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएको जस्ता बनाई फोनमा ओटिपी पठाउने, सो ओटिपी माग्ने र सबै विवरण अपडेट गर्नुपर्छ भनी सबै विवरण माग गर्दै बैङ्कमा भएको रकम लैजाने एवं आब्सर हात पारी अनेक खालका अवैध कारोबार गर्ने र सम्बन्धित व्यक्तिलाई फसाइदिने खालका संठगित अपराध र ठगीका घटना बढेको राजदूतावासले जनाएको छ ।

यस विषयमा साउदी अरेबियाको आन्तरिक मन्त्रालयले समेत कारबाही गरिरहेको राजदूतावासले जनाएको छ । कुनै पनि अनधिकृत व्यक्तिले फोनबाट वा अरु कुनै माध्यमबाट अकामा, आस्वर वा बैंक खाता÷कार्ड नम्बर वा ओटीपी मागेमा कुनै पनि हालतमा नदिन अनुरोध गरेको छ । त्यस्तो घटना थाहा पाएको खण्डमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत राजदूतावासले अनुरोध गरेको छ ।