Skip to content
Friday, July 17, 2026 Nepali Online Media
January 4, 2024 समाज

पोर्चुगल पठाइदिने बहानामा लाखौं ठगी, युवती पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १८, काठमाडौँ |</b> वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा रकम ठगी&nbsp; गर्ने महिला पक्राउ परेकी छन्। नुवाकोटा घर भइ हाल काठमाडौंको टोखा बस्ने २२&nbsp; वर्षीया रचना थापा रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।</p><p>वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै थापा पीडित रामचन्द्र कार्कीबाट ९ लाख&nbsp; ९० हजार रकम लिइ फरार भएकी थिइन्। आफू ठगिएको थाहा पाएपछि पीडित कार्कीले प्रहरीमा उजुरी दिएका थिए।</p><p>सोही उजुरीका आधारमा खोजतलास गर्दा थापालाई मैनमैजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले पीडितलाई पोर्चुगल जान १२ लाख रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने,मासिक तलब १ लाख ३० हजार रुपैयाँ हुने भन्दै प्रलोभनमा पारी रकम लिइ सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।</p>