Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 7, 2024 समाज

बरहथवा प्रदर्शन: प्रहरीमथि ‘पेट्रोल बम’ प्रहार, प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २२, काठमाडौँ | सर्लाहीको बरहथवामा आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका छन्। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको भएता पनि आदेशको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ।

प्रदर्शनकारीले कर्फ्यु तोड्दै इलाका प्रहरी कार्यालयमा समेत पेट्रोल बमको प्रहार गरेका छन्। जस कारण प्रहरी कार्यालय भित्र रहेको प्रतीक्षालयमा समेत आगजनी भएको छ।

प्रदर्शनकारी र प्रहरीबिचको झडपले यती बेला बरहथवा तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरुले ढुङ्गा मुढाका साथै प्रहरी कार्यालयमा सिसिमा पेट्रोल भरेर प्रहार गर्न थालेपछि प्रहरीले पनि दर्जनौँ टियरग्यास र हवाई फायर गरेका छन्।

ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीहरु सिसिमा पेट्रोल भरेर आगो लगाई प्रहरी कार्यालय तर्फ फाल्न थालेपछि स्थिति नियन्त्रणमा लिन  प्रहरीले अन्धाधुन्ध गोली चलाएकाे छ।

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका-६ मा अस्पतालको विषयमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा बिजुलीको महसुल बुझाउन गएका स्थानीय २८ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो। सोही विषयलाई लिएर प्रदर्शन भएको हो। आन्दोलनकाे आज तेस्रो दिन सम्म उनको शव उठ्न सकेको छैन।