पढ्न करिब 1 मिनेट लाग्छ

पुस २५, काठमाडौँ | बालतपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सर्लाही प्रहरीलाई बुझाउने तयारी गरेको छ ।

तपस्वीको आवरणमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ परेका बम्जनलाई सर्लाहीमा हाजिर गराउने तयारी रहेको सीआइबी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार हिजो बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउन लागिएको हो ।

बम्जनले बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोपमा सीआइबीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो ।