१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मृत भेटिएका वडाध्यक्षको घटना शंकास्पद भएको भन्दै प्रहरीमा जाहेरी

२७ पुष २०८०, शुक्रबार १०:०९

पुस २७, काठमाडौं | कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काको मृत्यु घटना शंकास्पद भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएको छ।

सवारी ज्यान मुद्दाअन्तर्गत घटना शंकास्पद भएको भन्दै अनुसन्धानका लागि मृतक खड्काकी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी हुन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार घटनाको सत्य, तथ्य छानबिनको माग गर्दै सवारी ज्यान मुद्दामा पीडित परिवारकोतर्फबाट जाहेरी दिइएको छ।


भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित महाकाली सिँचाइ नहरको सडकमा खड्काको शव घोप्टो परेको अवस्थामा बिहीबार बिहान फेला परेको थियो। सँगै उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल लडेको थियो।

उनको खुट्टाको एउटा जुत्ता फुत्किएर सडकमै थियो। मृतक खड्काको निधारमा चोट छ भने हात खोस्रिएको छ।

महाकाली प्रादेशिक अस्पतालमा राखिएको खड्काको शव पोष्टमार्टम सुरु गरिएको छ। पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

महाकालीको भुजेलाघाटमा शुक्रबार खड्काको हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

सडकमा असरल्ल छोडिएका खानेपानी पाइपमा ठोक्किएर खड्का मोटरसाइकल  दुर्घटनामा परेको हुनसक्ने आशंका छ।  

घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

घटना बुधबार राति भएको हुनसक्ने आशंका छ। बिहीबार बिहान सडकमा मानिस र मोटरसाइकल लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

वडाअध्यक्ष खड्का बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीको बिदाइ कार्यक्रममा पनि उनी सहभागी भएका थिए।

खड्का भीमदत्त नगरपालिका–६ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो