Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 21, 2024 समाज

न्याय परिषदको छानबिनमा परेका जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ७, काठमाडौं |  न्याय परिषदको छानबिनमा परेका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् ।

न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

सर्वोच्च अदालतका एक स्रोतले भने "उहाँले गत शुक्रबार राजिनामा दिनुभएको हो", तर त्यसबारे केही निर्णय भएको छैन |’ , ‘छिट्टै न्यायपरिषद समेत बस्दैछ, परिषदको बैठकपछि त्यसवारे निर्णय हुन्छ ।’

जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।

व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।

उजुरीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । त्यसक्रममा उनले राजीनामा दिएका हुन् ।