पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ १०, काठमाडौं |</b> नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् ।<br></p><p>मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।</p><p>घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।</p>

