Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 25, 2024 समाज

हत्या गरी फरार महिला १४ वर्षपछि पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, सङ्खुवासभा | कर्तव्य ज्यान कसुरमा दोषी ठहर भएर फरार रहेकी एक महिला १४ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सङ्खुवासभाको साबिक सिद्धकाली गाविस–२ बस्ने ३५ वर्षीया कैली तामाङ रहेकी छन् ।

तामाङलाई सङ्खुवासभा जिल्ला अदालतले २०६६ साल फागुन १२ गते कर्तव्य ज्यान कसुरमा २० वर्ष कैद सजाय ठहर गरेको थियो । तर, उनी त्यसयता फरार रहेकी थिइन् ।

उनलाई बुधबार इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार तामाङलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी टोलीलाई बुझाई सकिएको छ ।