१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुसी सेनामा भर्ती भएका कृष्णबहादुरलाई ६ राउण्ड गोली, काठमाडौं ल्याएर हुँदैछ उपचार

१२ माघ २०८०, शुक्रबार ०६:२९

माघ १२, काठमाडौँ | रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ती युवाको उपचार भइरहेको उच्च स्रोतले जानकारी दियो। 

गम्भीर घाइते हुनेमा दैलेखका कृष्णबहादुर वली छन्। उनको शरीरमा ६ राउण्ड गोली लागेको पाइएको उच्च स्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘वलीको खुट्टामा ४ राउण्ड र हातमा २ राउण्ड गरी जम्मा ६ राउण्ड गोली लागेको छ।’


वलीको अहिले टिचिङ अस्पतालस्थित आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले समेत पुष्टि गरेको छ। ‘अहिले उहाँलाई आकस्मिक कक्षमा राखेर उपचार गराइए रहेका छौँ,’ अस्पताल स्रोतले भन्यो।

वली बिहीबार राति मात्रै रुसबाट काठमाडौं उत्रिएर सोझै टिचिङमा भर्ना भएका थिए। उनी कसरी नेपाल आए भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। 

अवैध रुपमा रुसी सेनामा भर्ना भएका दैलेखका वली युक्रेनी सेनाको आक्रमणमा परी गम्भीर घाइते भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक