१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्धि सम्झौताको कागजात नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन प्रस्ताव

१२ माघ २०८०, शुक्रबार १०:२६

माघ १२, काठमाडौं | विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण कागजात सुरक्षित नराख्ने तथा नष्ट गर्नेलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव संसदीय समितिमा राखिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण दस्तावेजहरु सुरक्षित नराख्ने तथा नष्ट गर्ने जिम्मेवार व्यक्तिलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव राखेकी हुन् । 


बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथि भएको छलफलमा भाग लिँदै उनले राज्यको महत्वपूर्ण कागजात नष्ट गर्नेहरुलाई कम्तीमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचलित व्यवस्था संशोधन गर्नुपर्ने बताइन् । 

‘देशको इतिहास, सन्धि÷सम्झौताहरु, महत्वपूर्ण कागजातहरु सबै डिस्ट्रोइ गरे पनि जरिवाना पाँच हजार रुपैयाँ ?’ भन्दै प्रश्न गरेकी उनले भनिन्, ‘नेपालले गरेको सन्धिहरु कसैले डिस्ट्रोइ गर्छ, बिगार्छ, नष्ट गर्छ, लिग गर्छ भने त्यो राष्ट्रद्रोहको लेवलमा कारबाही गर्नुपर्छ । कम्तीमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचसलत व्यवस्था संशोधन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक