१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेस्सीको मायामी र रोनाल्डोको अल-नासर आमनेसामने हुँदै, रोनाल्डोले खेल गुमाउने

१८ माघ २०८०, बिहीबार ०७:२५

माघ १८, काठमाडौँ | लामो समययता प्रतिक्षा गरिएको इन्टर मायामी र अल-नासरबीचको खेल आज राति हुँदै छ । लियोनल मेस्सी आवद्ध मायामी र क्रिस्टियानो रोनाल्डो आवद्ध अल-नासरबीचको खेल नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

विश्वभरका दर्शकले एकपटक फेरि किङडम एरिना स्टेडियमा मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा हेर्न चाहेका थिए । मेस्सी र रोनाल्डोको सम्भावित अन्तिम भिडन्त मानिएको यो खेललाई द लास्ट डान्स नाम पनि दिइएको थियो ।


यद्यपि, क्रिस्टियानो रोनाल्डो घाइते भएकाले यो खेलमा उनी अनुपस्थित हुने भएका छन् । त्यसैले अल-नासर क्लब रोनाल्डोबिनै मायामीविरुद्ध मैदानमा उत्रिनेछ । रोनाल्डोको खुट्टाको काल्फमा इन्जुरी देखिएको मार्काले जनाएको छ ।

यसअघि गत हप्ता रोनाल्डो घाइते भएकै कारण अल-नासरको चीन भ्रमण स्थगित भएको थियो । रोनाल्डोलाई आराम दिएर मायामीविरुद्ध मैदानमा उतारिने अपेक्षा थियो । पूर्ण रूपमा ठीक नभएपछि रोनाल्डोले मायामीविरुद्धको खेल पनि गुमाउने भएका हुन् । 

योसँगै मेस्सी र रोनाल्डोलाई एउटै मैदानमा हेर्ने फ्यानहरूको चाहना अधुरै बनेको छ । रियाद सिजन कप खेल्न इन्टर मायामी हालै साउदी भ्रमणमा आएको हो । यसअघि पहिलो खेलमा इन्टर मायामी नेमार जुनियर आवद्ध साउदी क्लब अल-हिलालसँग ४-३ गोलअन्तरले पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक