Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 2, 2024 समाज

दलित विपन्नलाई चिसो छल्न् च्यातिएको कम्बल, राहतको नाममा कमिसनको चलखेल

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

माघ १९, सिरहा | सिरहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको पाइएको छ। नगरपालिकाका प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिव, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो।

एक वर्षअघि खरिद गरि राखिएको कम्बल जाडो सकिन लागेपछि पालिकाले वितरण गरेको छ। पुस मसान्तमा ह्वातै  चिसो बढेर जनजीवन प्रभावित बने पनि कम्बल जाडो कम हुँदै गएपछि वितरण गरिएको छ।

कुनै न कुनै वहानामा मिडियामा छाइरहने बानी परेका लहान नगरपालिका नगर प्रमुख महेश चौधरी यो पटक पातलो र च्यातिएको कम्बल लिएर दलित, गरिवको वस्तीमा पुगेका छन्। दलित गरिवहरूले राम्रो सामान प्रयोग गर्न हुँदैन भन्ने जनप्रतिनिधिहरूको मानसिकता कम्बल वितरणले देखाएको दलित अधिकारकर्मीहरू बताउँछन्।

लहान नगरपालिका-१७ बलानसेरकी ४५ वर्षीय फुलवा सदका अनुसार नगरपालिकाले वितरण गरिएको कम्बल साह्रै पातलो त्यसमा पनि अधिकाम्स कम्बल भ्वाङ परेका छन्। उनी भन्छीन्, ‘हामी दलितहरू कहिलेसम्म यसरी जनप्रतिनिधिबाट अपहेलित भएर बस्नु? यो कम्बल चिसो छल्न दिएकको हो कि खुट्टा पुछ्न ? च्यातिएको कम्बलले पनि चिसो छल्न सकिन्छ ? मेयर साव।’

जाडोबाटा गरिवलाई बचाउने भन्दा पनि ‘राहत’को नाममा कमिशन खाने जनप्रतिनिधी र कर्मचारीको मेलो भएको सोही वडाका ३५ वर्षीय लिलम सदा बताउँछिन्। उनी भन्छन्, ‘हामीलाई जाडो बाट बचाउने भन्दा पनि कमिशन कुम्ल्याउने मेलो देखियो। पतलो र च्यातिएको कम्बलले जाडो जान्छ?’

स्थानीय जनप्रतिनिधी र कर्मचारीले असहाय, गरिव, दलितको नाममा लुट नै मचाएको सदायले आरोप लगाएकी छिन्। जनप्रतिनिधीले एक सयमा खरिद गरिएको समानको पाँच सयदेखि हजार रुपैयाँ सम्मको विल बनाएर  खाने गरेको उनको आरोप छ। उनी भन्छिन्, ‘एक त पातलो कम्बल त्यसमापनि च्यातिएको कम्बलले कतिदिन चिसो छल्ने ? यो भन्दा राम्रो त नदिए कै जाती हुन्थ्यो।’

वडा नम्बर १७ मा नगरप्रमुख महेश चौधरीकै हातबाट दलितग, गरिव, ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलासहित ८० जनालाई कम्बल वितरण गरेका थिए। वितरण गरिएका अधिकाम्स च्यातिएको कम्बल रहेको नाम नबताउने शर्तमा एकजना कर्मचारीले नै जानकारी दिए। उनले भने, ‘अहिले वितरण गरेको कम्बल गत आर्थिक वर्षको असार मसान्तमा मेयर चैधरीको ठाडो आदेशमा विपद व्यव्स्थापन अन्र्तगतको वजेटबाट हतार–हतारमा गोप्य सुचना जारीगरी खरिद गरिएको थियो। त्यसवेला करिव एक हजारका दरले खरिद गरिएको एकहजार थान कम्बल अहिले वितरण भईरहेको ती कर्मचारीले जानकारी दिए।

यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहसँग पटक पटक फोन गरेपनि उनको फोन स्विच अफ रहेको थियो। १७ नम्बर वडाका वडा अध्यक्ष प्रथमलाल चौधरीसंग प्रतिकृयाका लागी सम्पर्क गर्दा उनीसँगपनि सम्पर्क हुन सकेन्।

लहान नगरपालिका जिन्सि शाखा प्रमुख भवानी चौधरीले गत आर्थिक वर्षमा १ देखि २४ वटै वडाको लागी करिव १ हजार थान कम्बल खरिद गरिएको जानकारी दिए। कम्बल कुन प्रकृयाबाट कुन र्फमले, कति दररेटमा खरिद गरिएको प्रश्नमा भनृ उनले आफू बाहिर रहेकाले तत्काल जानकारी गरान असमर्थ रहेको बताए।  उनले भने, ‘म अहिले बाहिर छु, तपाई अफिस आउनुस्, सुचना मागँ गर्नुहोला हामी सूचना दिउला। अहिले फोनमा दिन नमिल्दैन।’

त्यही कुराहुँदै गर्दा उनले फोनमै पालिका तिरै आउनुस्न यतै बसेर मिलाउला भन्दै प्रलोभन समेत दिन खोजेका थिए।

स्थानीय जनप्रतिनिधी र कर्मचारीहरु लक्षित वर्गलाई राहत दिनुभन्दा पनि कमिसनबापत ठूलो रकम कसरी कमाउने भन्ने उद्देश्यले मात्र दैविक प्रकोपको नाममा रकम विनियोजन गर्ने र सामाग्री खरिद गरेर व्यापक अनियमितता गर्ने गरेको जानकारहरु बताउछन्।