Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 4, 2024 समाज

एमाले कैलालीको जिल्ला अधिवेसन फागुन ६ बाट, तीनजना आंकक्षी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ २१, धनगढी | नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ।

फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ। जिल्लाको नेतृत्व लिन चाहने नेताहरु कार्यकर्तामाझ आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै आफ्नो एजेन्डा सहित प्रस्तुत हुन थालेका छन् ।

यसैबिच अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पुर्याएका एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगानाले पनि जिल्लाको नेतृत्व लिन आकांक्षा देखाएका छन् भने एमाले कैलालीका हाल कार्यवाहक अध्यक्ष समेत रहेका दुर्गा प्रसाद जोशीले पनि आफुलाई जिल्ला अध्यक्षका लागि दावेदारी प्रस्तुत गरेका छन् ।

साथै, अध्यक्षका लागि हालका जिल्ला सचिव डेजि पाण्डेले पनि महत्वाकांक्षा राखेका छन् । आफू हालपनि पदाधिकारी रहेको र कार्यकर्ताले पत्याए अध्यक्ष बन्न तयार रहेको भन्दै कार्यकर्ताहरु सँग छलफल गर्ने गरेका छन् ।

कैलालीमा गत निर्वाचनमा एमाले  संघ र प्रदेशको निर्वाचनमा शून्य भएको थियो । स्थानीय निर्वाचनमा पनि दुई गाउँपालिकाको नेतृत्व बाहेक अन्य ठाउँमा जित्न सकेको थिएन। जिल्लालाई निर्वाचनमा शून्य बनाउने र तल ग्रासरुटमा कुनै कार्यक्रम अनि उर्जा नदिएको भन्दै जिल्ला भरिका कार्यकर्ताहरु वर्तमान पदाधिकारीसँग रुष्ट छन् ।

एमाले कैलालीको ९ औं जिल्ला अधिवेशन सुख्खडमा हुने भएको छ। अधिवेशनका लागि जिल्लाभरिका वडाहरुमा माघ २७ गते प्रतिनिधि छनौटको काम हुँदैछ।