१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको भन्दै राप्रपाका उपाध्यक्षविरुद्ध उजुरी

२२ माघ २०८०, सोमबार ०८:२३

माघ २२, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजावादी पार्टी राप्रपाका एक जना उपाध्यक्षविरुद्ध उजुरी परेको छ । राप्रपाका महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले उपाध्यक्ष उद्धव पौडेलविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका हुन् । 


अनुशासन समितिका प्रमुख नवराज सुवेदीलाई सम्बोधन गरेर उनले बुझाएको पत्रमा पार्टीको सिद्धान्त विपरीत पौडेलले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको उल्लेख छ । 

पौडेलले पार्टी विधानको प्रस्तावनामा नै आघात पुग्ने गरी एक अन्तरवार्तामा बोलेको र त्यसले राप्रपाको आस्था र विश्वासमाथि नै आघात पुगेको उजुरीमा उल्लेख छ । 

‘प्रतिकुलका अभिव्यक्ति दिने छुट कुनै पनि तहमा रहेका नेता तथा कार्यकर्ताहरूलाई हुँदैन । यो पार्टी अनुशासन विपरीतको काम हो। यस्तो अनुशासनहीन अभिव्यक्ति दिने, गैरजिम्मेवारपूर्ण कार्य गर्ने, भ्रामक प्रचार गर्ने, पार्टीका उपाध्यक्ष उद्धव पौडेललाई अनुशासन समितिबाट अनुशासनको हदैसम्म कारबाही गर्न तथा निजलाई भविष्यमा पार्टीको कुनै पनि तहको जिम्मेवारी समेत नदिने गरी कारबाही गर्न माग गर्दै यो निवेदन पेस गरेको छु’, रिमालको निवेदनमा भनिएको छ । 

रिमालले आफूले समितिका सदस्य सचिव राजु बस्नेतलाई उजुरी बुझाएको भन्दै पार्टीको सिद्धान्त विपरीत लाग्ने छुट कसैलाई नभएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ