२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय असंवैधानिक ठहर

२०८०, २३ माघ मंगलवार ०९:०८

माघ २३, काठमाडौँ | सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गरिदिएको छ । सर्वोच्चका न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गएको पुस १३ गते गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो ।

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्चले असंवैधानिक ठहर गरेको छ । सो निर्णय नेपालको संविधानको धारा ७५ विपरीत रहेको फैसलामा उल्लेख छ ।

“…नेपालको संविधानको मूल भावनाविपरीत निर्णय गर्ने आधिकार संविधानको धारा ७५ ले मन्त्रिपरिषद्लाई दिएको सम्झन नमिल्ने हुँदा जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको मिति २०७९।१०।२९ को निर्णय र यस वर्षमा समेत मिति २०८०।११।१ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९।१२।२ मा प्रकाशित सूचना एवम् सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरू समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ,” फैसलाको पूर्णपाठमा भनिएको छ ।

संविधानमा ‘सशस्त्र युद्ध’ भनेर उल्लेख छ । त्यसलाई संविधानमै ‘जनयुद्ध दिवस’ राख्नका निम्ति लगिएको प्रस्ताव समेत पहिलो संविधानसभाको संवैधानिक समितिबाट ०६६ पुस १० गते अस्वीकृत भएको थियो । सो तथ्य उल्लेख गर्दै सर्वोच्चले जनयुद्ध शब्दमा राष्ट्रिय सहमति समेत भएको नदेखिएको फैसला गरेको छ ।

विस्तृत शान्ति सम्झौताका बाँकी काम पूरा भएको छैन । बेपत्ता व्यक्तिको छानबिन तथा सत्यनिरुपण आयोगसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । यस्तो अवस्थामा सरकारको सो निर्णयले बाँकी काम प्रभावित पार्ने र भविष्यमा बन्ने संस्थालाई समेत स्वतन्त्र रूपमा काम गर्न बाधा गर्ने सर्वोच्चले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति