१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रिय क्रिकेट टिमबाट हेमन्तको डेब्यू पक्का !

२८ माघ २०८०, आईतवार ११:३४

माघ २८, काठमाडौँ | तीव्र गतिका बलर हेमन्त धामीले क्यानडाविरुद्ध तेस्रो ओडीआई खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमबाट डेब्यू गर्ने पक्कापक्की जस्तैछ । घरेलु टोली नेपालले सुरुवाती दुई खेल ७ रन र ४ विकेटले जित्दै सिरिज एक खेल अगावै जितेको छ । अन्तिम खेलमा अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिँदै नेपालले हेमन्तलाई डेब्यू दिने सम्भावना देखिन्छ ।

शनिबार दोस्रो ओडीआई खेलमा जितपछि नेपालका कप्तान रोहित पौडेलले हेमन्तलाई डेब्यू दिने संकेत दिई सकेका छन् । ‘सबैलाई अवसर दिने हाम्रो मानसिक सोच क्लियर (स्पष्ट) थियो । विशेषगरि यो सिरिजमा हामी नेपाल टिमलाई विकास गर्ने सोचका साथ आएका थियौं । आशावादी छु आउने खेलमा हेमन्तले पनि डेब्यू गर्छ’, रोहितले भने । त्यसैमा उनले थपे, ‘सबैलाई अवसर दिन एकदमै जरुरी पनि छ जस्तो लाग्छ । लिग २ हाम्रो महत्वपूर्ण खेल हो । त्यसअघि हामी यस सिरिजमा परिक्षण गर्न सक्छौं ।’


खेल लगत्तै हेमन्तले त्रिवि क्रिकेट मैदानमै बलिङ अभ्यास पनि गरेका थिए । सहायक प्रशिक्षक बसन्त शाहीले उनलाई मैदानमा अभ्यास गराएका थिए । हेमन्त पावर प्लेमा नयाँ बलका साथ इनस्विङग बलका लागि चिनिन्छन् ।

खुट्टामा चोटका कारण दुर्भाग्य

उनले यू–१९ विश्वकप भने अन्तिम समयमा गुमाउन पुगेका थिए । गतवर्ष यू–१९ विश्वकप एसिया क्षेत्र छनोट र एसीसी प्रिमियर कपको उपाधि नेपाललाई जिताउन हेमन्तले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने हेमन्त आगामी दिनमा ठूलो सम्भावना बोकेका खेलाडीको रुपमा हेरिएको छ ।

क्यानडाको सिरिजमा नेपालले तीव्र गतिका बलर आकाश चन्द, रिजन ढकाल र स्पिनर सूर्य तामाङलाई डेब्यू गराइसकेको ।

सूर्य र रिजनलाई पहिलो खेल तथा दोस्रो खेलमा आकाशलाई डेब्यू दिएको थियो ।

नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नु अघि तयारी स्वरुप क्यानडासँग एक दिवसीय शृंखला खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल