१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगर महानगरबाटै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति सुरु

२९ माघ २०८०, सोमबार ०८:५९

माघ २९, विराटनगर | विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ ।

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरिन् । 


 वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । 

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार विराटनगर महानगरपालिकाबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु गरिएको महानगरको रोजगार शाखाका इन्जिनियर कपिल थापाले जानकारी दिए । 

२०७९ चैत १६ गतेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय तहको रोजगार शाखाबाट सेवा प्रवाह गर्ने कार्य सुरु गरिएको उपमेयर कार्कीले बताइन् ।  स्थानीय तहबाट श्रम स्वीकृति सुरु भएसँगै वैदेशिक रोजगारीमा जानेहरूका लागि सहज भएको उनको भनाइ थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस